काठमाण्डौ, भदौ ९ – काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा भोली रातिबाट सकिँदैछ ।
निशेधाज्ञाको बिषयमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो)को संयुक्त बैठक आज बस्दै छ ।
पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ भने दोश्रो बैठक ३ बजे बस्ने तय भएको जनाइएको छ ।
सरकारले कोभिड संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएपछि ३ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाभित्र पहिलो चरणको निषेधाज्ञा जारी गरेका थिए ।
आज बस्ने बैठकले एक साताको निषेधाज्ञाको समीक्षा गर्दै यस सम्बन्धी थप निर्णय गर्नेछ ।
FACEBOOK COMMENTS