काठमाडौं, भाद्र २३ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा नियमित गर्ने या अन्य विकल्प खोज्ने विषयमा निर्णय लिन काठमाडौं उपत्यकाका तीन जना सीडीओले छलफल सुरु गरेका छन् ।
जारी निषेधाज्ञा भोली (बुधबार) राति सकिँदै गर्दा अब के गर्ने भन्ने विषयमा निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरुले भर्चुअल छलफल सुरु गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खबरहबसँग भने, ‘जारी निषेधाज्ञा के गर्ने भन्ने विषयमा अहिले हामीले विज्ञहरूसँग सुझाव लिने काम गरिरहेका छौं । त्यही सुझावका आधारमा हामी तीन जना नै बैठक बस्छौं र भोली सम्ममा निर्णय गर्छौं ।’
कोरोना भाइरस संक्रमितको सङ्ख्या बढेपछि सरकारले काठमाडौं उपत्यकामा गत भदौ तीन गते देखि निषेधाज्ञा जारी गरेको थियो ।
FACEBOOK COMMENTS