काठमाडौं, जेठ २४ – जारी निषेधाज्ञाका बेला ई–कमर्शमा आधारित अनलाइन व्यवसायलाई कुनै पनि अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आज सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो ।
‘अनलाइन माध्यमबाट खरिद, विक्री तथा होम डेलिभरीको ई–कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा उल्लेख छ ।
यस्तो छ आदेश–
FACEBOOK COMMENTS