काठमाडौं, वैशाख १६ _ काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा लागू भएको छ। बढ्दो कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि सरकारले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने जनाइएको छ। बैंक तथा वित्तीय संस्थाहरु भने दिनमा चार घण्टा मात्र खुला हुने छन्।
उपत्यकाका ३ वटै जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो।बुधबार राष्ट्र बैंक र बैंकरबीच भएको छलफलमा यो सहमति भएको बताइएको छ। बैंकका एटीएम भने साविककै जस्तै खुला रहने छन्।
FACEBOOK COMMENTS