काठमाडौं, जेठ १९ – नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी “अविरल” ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गरेका छन् । अध्यक्ष अधिकारीले तारकेश्वर गाउँपालिकामा ५ थान , विदुर नगरपालिकाको त्रिशुली अस्पताल ३ थान , बेल्कोटगढी नगरपलिकामा ३ थान , मेघाङ र किस्पाङ २–२ थान र ककनी र सुर्यगढीमा १–१ थान गरि १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र अन्य स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।
यस्तै बेल्कोटगढीका १२ वटा स्वास्थ्य केन्द्रलाई पनि स्वास्थ्य सामाग्री र औषधी प्रदान गरिएको छ। तादी गाँउपालीकाको स्वास्थ्य केन्द्रलाई पनि अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
बोधिसत्व विहारसँगको सहकार्यमा अधिकारीले ६५ लाख बराबरको सामाग्री प्रदान गरेका हुन ।
त्रिशुली अस्पतालमा नुवाकोट, रसुवा र धादिङ तीनै जिल्लाका कोरोना संक्रमितको उपचार भइरहेको छ । यो मेसिन प्रदान गरेसंगै सन्क्रमितको उपचारमा ठुलो मद्दत पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।
कोरोनाको दोस्रो लहर बढेसंगै नुवाकोटको तार्केश्वर गाउँपालिका लगायतका नागरिकलाई मास्क, सेनिटाइजर र सबै स्वास्थ केन्द्रलाई २१ थरिका स्वास्थ्य सामाग्री र अत्यावश्यक औषधि प्रदान गरेका छन । यो पवित्र कार्यमा सहयोग र सहकार्य गर्ने बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी र कार्यक्रम संयोजक शान्त शर्माप्रति अधिकारीले विशेष आभार प्रकट गरेका छन् ।
उनले आगामी दिनमा नुवाकोट जिल्लाका नागरिकको सेवामा लागिरहने प्रतिबद्धता जनाए ।
FACEBOOK COMMENTS