काठमाण्डौ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदले नै अर्थमन्त्री युवराज खतिवडालाई हटाउन माग गरेका छन् ।
नेकपा सांसद मेटमणि चौंधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका हुन्।
शुक्रबार प्रधानमन्त्री ओलीले प्रदेश ५ का पार्टीका सांसदहरुसँग सामूहिक भेट गरेका थिए।
सोही भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण ह्वात्तै घटेको स्मरण गराउँदै सकिन्छ भने बजेट करेक्सन तत्काल गर्न पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए।
यता, प्रधानमन्त्री ओलीले भने नेपाली जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओली जनताको भावना, चाहना र आवश्यक्ता अनुसार काम गर्न प्रतिवद्ध रहेक भेटमा सहभागी सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए।
FACEBOOK COMMENTS