काठमाडौं, पुस १२ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूह र प्रचण्ड–नेपाल समूहबीच कञ्चनपुरमा झडप भएको छ । आइतबार प्रचण्ड–नेपाल पक्षले पार्टी कार्यालयमा बोलाएको भेला ओली समूहले बिथोल्न खोजेपछि सामान्य झडप भएको हो ।
प्रचण्ड समूहका नेता कार्यकर्ताका अनुसार पार्टी कार्यालयमा भेला बोलाइँदा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
ताला तोड्न खोजेपछि सामान्य ठेलमठेल भएको हो । स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
FACEBOOK COMMENTS