काठमाडौं । सरकारले आकस्मिक रुपमा दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा भाँडभैलो मच्चिएको छ । यसको असर सोमबार साँझ आकस्मिक रुपमा बसेको नेकपा सचिवालय बैठकमा पनि देखियो ।
बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरिसकेपछि बैठक बीचमै सकिएको थियो । सरकारले पार्टीसँग कुनै सल्लाह नै नगरी गम्भीर राजनीतिक महत्त्वका अध्योश ल्याएको भन्दै बैठकमा नेताहरुले असन्तुष्टिसहित प्रश्न गरेका थिए ।
बैठकमा अधिकाँश सदस्यहरुले दुई अध्यादेशबारे छलफल नभइ किन ल्याएको भनेर प्रधानमन्त्रीसँग प्रश्न गरेपनिजवाफमा ओलीले विभिन्न संबैधानिक नियुक्तिहरु गर्न अप्ठेरो परेकाले अध्यादेश ल्याउनुपरेको जवाफ दिएका थिए ।
सरकारले हतारमा अध्यादेश ल्याएर बैठक बस्दाबस्दै राष्ट्रपतिबाट जारी भएको थियो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे गम्भीर र विभिन्न कोणबाट छलफल भएको प्रतिकृया दिए ।
नेकपा स्रोतका अनुसार अध्यादेशबारे छलफल हुँदाहुदै राष्ट्रपतिबाट अध्यादेश जारी भएको खबर बालुवाटारमा पुगेको थियो । त्यसपछि नेताहरु बैठक नै समापन नगरी उठेका थिए । बैठक लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगेका छन् ।
FACEBOOK COMMENTS