काठमाडौं, माघ २१ –नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षले बिहीवार भोलि आमहड्ताल गर्ने भएको छ । ।प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो।
बुधवार आज दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन गरी त्यसको बारेमा जानकारी दिन लागेको स्रोतले जनाएको छ ।। संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरेको भन्दै आन्दोलनका कार्यक्रमलाई परिमार्जन गरि भोलि देशभर आमहड्ताल गर्न लागेको स्रोतले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS