काठमाडौं, १९ फागुन- नेकपाको प्रचण्ड–माधव समूहकोे केन्द्रीय कमिटी बैठक बुधबार बस्दै छ। बैठकमा संसद् पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि प्रचण्ड–माधव समूह नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ।
बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको एक नेताले बताए। राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचय आयोगले निर्णय नगरेकाले कुन दल आधिकारिक भन्ने अन्योल कायम छ।
आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेस गर्नुपर्ने भएकाले आजको बैठकमा नागरिकतालगायत बोकेर आउन भनिएको बताइएको छ।
FACEBOOK COMMENTS