काठमाडौं, असोज १९ – नेकपा सचिवालय बैठक मंगलबार बस्ने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा सचिवालय बैठक बस्ने सहमति भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए। यसअघि शनिबारका लागि तय भएको सचिवालय बैठक आइतबारका लागि सारेर स्थगित भएको थियो। आइतबार पनि सचिवालय बैठक बस्न सकेकाे थिएन।
सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्षले महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखेरलसँग छलफल गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासचिव पौडेलले प्रदेश ५ को राजधानी दाङ तोक्ने निर्णयमा पुनर्बिचार गर्न आग्रह गरेका थिए।
दुई अध्यक्षले प्रदेश सभाको विषय भएकाले यसमा निर्देशन दिन नसकिने जवाफ दिएका थिए।
FACEBOOK COMMENTS