काठमाडौं, मंसिर २९ – स्मार्ट उपकरण कम्पनी ओप्पोले चौथो चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई) मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ। यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी जापानीज ईन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसँगको सहकार्यमा निर्माण गरिएको कम्पनीले जनाएको छ।
भविष्यका डिजाइन क्षेत्रको अन्वेषणको रुपमा लिइएका यी डिजाइनहरु ओप्पो र ओकी साटो, नेन्डोका प्रमुख डिजाइनर तथा प्रमुख कार्यकारी अधिकृतसँग सहकार्यबीच तयार गरिएको उल्लेख गरिएको छ। प्रदर्शनी अवधिभर ओप्पोले आफ्ना क्लासिक प्रडक्ट डिजाइनका सिरिज पनि राखेको थियो।
ओपो र नेन्डोबीचको सहकार्यबारे बोल्दै नेन्डोका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख डिजाइनर, ओकी साटोले भने, ‘अत्याधुनिक प्रविधिमार्फत् मानव र तिनका उपकरणबीच सुमधुर सम्बन्ध कायम गर्दै लैजाने सोचका साथ अपनाइएका मानवकेन्द्रित ओप्पोको डिजाइनबाट म निकै प्रभावित छु। म ओप्पो टिमका नयाँ अवधारणाहरु तथा तिनले प्रविधि र भावनात्मक संलग्नताबीचको सन्तुलनलाई कसरी अघि लैजान्छन् भन्ने हेर्न निकै उत्सुक छु।
ओप्पो ईन्डस्ट्रियल डिजाइन प्रमुख स्याओ बोले निन्डोका डिजाइनहरु ओप्पोको मानवकेन्द्रित दर्शनसँग मिल्दोजुल्दो भएको बताए। प्रयोगकर्तालाई अत्याधुनिक नवप्रवर्तन तथा प्रविधिका साथमा आनन्ददायी अनुभव दिने उत्पादनहरु पस्कनु ओप्पोको उद्देश्य रहँदै आएकाले सोही अनुसार प्राविधिक उत्पादनहरु निमार्णका लागि आफूहरु केन्द्रित रहेको उनले उल्लेख गरे।
FACEBOOK COMMENTS