काठमाडौं, जेठ १४ – स्ट्यान्ड अप कमेडियन समुह ‘नेपग्याजम’ले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’मा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर यो नाम लेखाउन सफल भएको हो ।
‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईंमा स्ट्यान्ड अप कमेडी प्रस्तुत गरेका थिए । ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित प्रस्तुति गर्न नेपग्याजम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’बाट अनुमति लिएर त्यहाँ पुगेको थियो ।
नेपग्याजमका मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले सगरमाथाको कालापत्थरमा गरिएको स्टेण्डअप कमेडीले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भएपनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन बाँकी रहेको बताए । उनले कालापत्थरमा स्वस्थ मनोरञ्जनात्मक सामाग्री तीस–तीस मिनेटको दुई पटक प्रस्तुत गरिएको जानकारी दिए ।
FACEBOOK COMMENTS