काठमाण्डौँ — आफ्नो जलमार्ग हुँदै नेपालका तीन नाकासम्मको पारवहन सञ्चालन गर्न दिन भारत सरकार सहमत भएको छ ।
दुई देशबीचको जल तथा सिँचाइ समूहको संयुक्त कार्यदलको काठमाडौंमा बसेको दुईदिने बैठकमा नेपाललाई ‘तत्काल लाभ लिन सक्ने गरी’ ती रुटमा पारवहन सञ्चालन गर्न दिने सहमति भएको हो ।
नयाँ निर्णयअनुसार पहिलो रुटमा नेपालले कोलकाता–हल्दिया–शिवगन्जसम्म जलमार्ग र त्यहाँदेखि मरिहरी हुँदै जोगबनी विराटनगरसम्म स्थलमार्गबाट सामान निर्यात तथा आयात गर्न सक्नेछ ।
त्यस्तै कोलकाता–हल्दिया–शिवगन्जसम्मको जलमार्गदेखि भागलपुर–जोगबनी–विराटनगरसम्मको स्थलमार्ग पनिप्रयोग गर्न दिन संयुक्त वार्ताले बाटो खुलाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS