काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले नेपाल ‘पावर’ भएको देश बताए । पूर्वधार सम्मेलनको ‘पूर्वधार विकासका पोलिसिस एण्ड फाईनान्सिङ’ सत्रको अध्यक्षता गर्दै मन्त्री खतिवडाले नेपाल जलविद्युतको हिसावले पनि ‘पावर’ भएको र दुईतिहाई सरकारको ‘पावर’ भएको देशको रुपमा चित्रत गरे ।
उनले नेपालको विकासको लागि सरकार एक्लैले नसक्ने भन्दै निजी क्षेत्र तथा विदेशी लगानी आवश्यक भएको बताए । त्यसको लागि कुनै बाधा व्यवधान भए दुई तिहाईको पावर भएको सरकारले समाधान निकाल्ने बताए ।
नेपालमा ठुला ठुला जलविद्युत आयोजनाको संभावना भएको देश भएकाले नेपालको लागि मात्र नभई छिमिकी देशलाई पावर बेच्न सक्ने बताए । जलविद्युतको विकासको लागि निजी क्षेत्र र विदेशी लगानी पनि आवश्यक भएको उनको भनाई थियो ।
उनले नेपालको जलविद्युत नेपाल सरकारले लामो समय लगानी नगर्ने बताएका छन् । उनले कहि समयपछि जलविद्युत उत्पादन गर्न निजी क्षेत्रलाई दिने बताए । उनले‘अहिले जलविद्युतमा नेपाल सरकारको धेरै हिस्सा भएपनि केहि समय पछि निजी क्षेत्रलाई हस्तान्तरण हुन्छ ’, भने ।
उनले सम्मेलनमा नेपालको अर्थतन्त्र समाजवादी भएकाले पूर्वधार पनि सामाजिक क्षेत्रको विकासलाई हेरेर गर्नुपर्ने बताए ।
FACEBOOK COMMENTS