नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं सार्क चेम्बर उपाध्यक्ष चण्डिराज ढकालले महाराष्ट्रका मुख्य मन्त्रीस“ग पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न प्रस्ताव गरेका छन् ।
भारतको मुम्बाईमा भएको सीआईआई साझेदारी सम्मेलनमा उक्त कुरा बताएका थिए ।
उनले पर्यटन प्रबद्धनको लागि काठमाडौं–मुम्बई हवाई उडान संख्या बढाउन, नेपालका धार्मिक महत्वका क्षेत्रहरूका बारेमा भारतमा प्रवद्र्धन गरी नेपालमा भारतीय पर्यटक आकर्षणमा सहयोग गर्न आग्रह गरे ।
ढकालले नेपालमा लगानीको प्रचुर सम्भाव्यता रहेकाले विदेशी लगानीकर्ताहरूलाई सवै प्रकारको सहयोग गर्न सरकार तथा निजी क्षेत्र तयार रहेको विश्वास दिलाउंदै नेपालमा उर्जा, पर्यटन, कृषि, पूर्वाधार विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरे ।
लगभग १ अर्व ७९ करोड मानिसहरूको बसोबास रहेको दक्षिण एशिया विश्व अर्थतन्त्रमा उदाउ“दो क्षेत्रको रूपमा अगाडी बढीरहेको छ । यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गरेर लैजान सकियो भने अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी उनले बताए ।
FACEBOOK COMMENTS