काठमाडौं, माघ २ – अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुको अनलाइन फुड फेस्टिभल आज (शुक्रबार) देखि आयोजना हुने भएको छ । फुडमान्डुले विगत तीन वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको मेला यो वर्ष पनि आयोजना गर्ने भएको हो ।
फुडमान्डुले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिभल सन् २०१७ देखि नियमित रुपमा आयोजना गरिरहेको छ । मेलामा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकलाई मनोरञ्जनसमेत प्रदान गर्दछ ।
एक सातासम्म सञ्चालन हुने अनलाइन फुड फेस्टिभमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथै पहिलोपटक लाइभ म्युजिकसमेत आयोजना हुनेछ । सो लाइभ म्युजिक इभेन्टमा ज्योभन भुजु, सञ्जय महत, उज्ज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायत कलाकारले प्रस्तुति दिनेछन् ।
फुडमान्डुको अनलाइन फुड फेस्टिभलमा पहिलोपटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केही दिनअघि मात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा विस्तार गरेको थियो । अब भने पोखरेलीले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टको मज्जा लिन सक्नेछन् ।
कम्पनीले वार्षिक रुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिभलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम पाँच सय रुपैयाँबराबरको २५ प्रतिशतसम्मको डिस्काउन्ट अफर दिनेछ । त्यसैगरी कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुविधा दिने योजना बनाएको छ ।
अनलाइन फुड फेस्टिभलमा कम्पनीले १ रुपैयाँमा नै ग्राहकलाई खानेकुरा उपलब्ध गराउने योजना बनाएको छ भने फुड फेस्टिभलमा राखिएका गेम खेलेर थप डिस्काउन्टसमेत प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरि फ्लास सेलमा दिनको तीनपटक एक-एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तर्गत न्यूनतम मूल्यमा सप्राइज फुड प्राप्त गर्न सकिनेछ । अनलाइन फुड फेस्टिभलमा फोनपेमार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ ।
FACEBOOK COMMENTS