मदन तिमल्सेना/तनहुँ, बैशाख २८ -नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा नेकपा तनहुँ व्यास नगर कमिटीले एक विज्ञप्ति निकालेको छ । व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्की अचुक र सचिव रामचन्द्र सापकोटाबाट निकालिएको बिज्ञप्तीमा आजसम्म कसैको उपनिवेश नभएको राष्ट्र, स्वतन्त्र, सार्वभौम राष्ट्रको अस्मिता माथी धावा बोल्दै भारत सरकारका रक्षा मन्त्री राजनाथ सिंह द्वारा उद्घघाटन गरिएको सडक निर्माण प्रति खेद व्यक्त गरिएको छ । साथै, उक्त विज्ञप्तिमा नेपाल सरकारलाई भारतबाट मिचिएका स्थानहरु समेटी नक्शा प्रकाशन गर्न पनि आग्रह गरिएको छ ।
FACEBOOK COMMENTS