काठमाडौं – नेपालको हवाई सेवालाई विश्व स्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भएको छ ।
दुईवटा वाइड बडी जहाज खरिद गरेपछि सुरक्षा प्रणाली तथा ग्राउण्ड ह्याण्डलिङको कामलाई समेत थप प्रभावकारी बनाउँदै निगमले सुरक्षात्मक प्रणालीलाई लागू गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइएटिए) लाई आमन्त्रण गरेर सुरक्षात्मक प्रणालीका बारेमा अध्ययन गराएको हो ।
निगमको आग्रहमा आइएटिएको प्राविधिक समूहले शुक्रबारमात्रै यससम्बन्धी अध्ययन सकेको हो ।
नेपालको वायु सेवालाई केही विदेशी संस्थाले खतराको सूचीमा राखेको र केही संस्थाले हटाइसकेको सन्दर्भमा नेपाली हवाई क्षेत्रलाई थप विश्वसनीय, भरपर्दो, सुरक्षित बनाउने लक्ष्यका साथ अध्ययन गरिएको निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले बताए ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS