काठमाडौं,बैशाख २६- नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा एक १६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।
FACEBOOK COMMENTS