एकै दिन बाँकेमा थपिए १५ जना
काठमाडौँ — आइतबारमात्रै ९ जना संक्रमित देखिएको नेपालगञ्जमा थप ६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका ८ का ६ जनामा संक्रमण देखिएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।
मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. विनोद कुमार गिरीले पनि थप संक्रमित देखिएको पुष्टि गरे । शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् । आइतबार थप ६० जनाको स्वाब संकलन गरिएको पनि डा. गिरीले बताए ।
FACEBOOK COMMENTS