काठमाण्डौँ — प्रदेश सरकारले नेपालगन्ज—कोहलपुरसम्म विद्युतीय बस सञ्चालनका लागि नीतिगत काम सुरु गरेको छ ।
तर आवश्यक पूर्वाधारको काम शून्य छ ।
चालु आर्थिक वर्षमै नेपालगन्ज—कोहलपुर र बुटवल—भैरहवासम्मको दुरीमा बिद्युतीय बस संचालनका लागि प्रदेश सरकारले साढे पाँच करोड रकम विनियोजन गरेको थियो ।
नीतिगत तयारीपछि अहिले स्थलगत अध्ययन सुरु भएको छ।
प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जीवन पाण्डेले विद्युतीय बस संचालनका लागि पहिलो चरणमा नीतिगत काम भइरहेको बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS