काठमाण्डौँ — राप्तीपारिको विकाससँग जोडिएको जिल्लाकै बहुप्रतीक्षित नेपालगन्ज–बघौडा हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ ।
बाँकेको पुरैनीबाट सो सडकको कालोपत्रे गर्न सुरु गरिएको निर्माण कम्पनी गणपति ग्रुप अफु कन्स्ट्रक्सनले जानकारी दिएको छ ।
पहिलो चरणको कालोपत्रे गर्ने कार्य सुरु गरिएको कम्पनीका प्रमुख तुलसीराम भण्डारीले बताए ।
नेपालगन्जको पुष्पलाल चोकदेखि नरैनापुर गाउँपालिकाको अन्तिम सिमाना सुईंयासम्म ४४.६ किमि रहेको सो हुलाकी सडकको बाँके खण्ड निर्माणका लागि २०७३ फागुन ४ गते सम्झौता भई काम अगाडि बढेको थियो ।
पप्पु लुम्बिनी जेभीको नाममा ठेक्का सम्झौता भए पनि फिल्डमा भने गणपतिले काम गरिरहेको छ ।
३० महिनामा उक्त सडक खण्ड पूरा गर्ने गरी निर्माण सम्झौता भएको छ ।
— कारोबार
FACEBOOK COMMENTS