काठमाडौं, मंसिर २०- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार क्रिकेटमा नेपालले माल्दिभ्ससामु १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्रिर्तीपुर क्रिकेट मैदानमा टस जितेर व्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६३ रन बनाएको हो ।
नेपालका लागि करन केसीले १६ बलमा सर्वाधिक ४० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरे । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९ रन बनाए ।
माल्दिभ्सका लागि लीम शाफिगले ४ ओभरमा ३३ रन खर्चिदैँ तीन विकेट लिए । यस्तै अमिल मौरुफले दुई विकेट हात पारे ।माल्दिभ्सका अन्य व्याट्म्यानले खासै जादु देखाउन सकेनन्
FACEBOOK COMMENTS