काठमाडौं, पौष १९ – विश्वका केही मुलुकहरुले फाइजर एन्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोनाविरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरणसमेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिलदेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने सम्भावना छ ।
यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायतलगायत मुलुकमा देखापरेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकाले नेपालमा पनि उच्च सावधानीको आवश्यकता रहेको समितिले औंल्याएको छ।
भारतसहित बेलायत, यूरोपेली मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखापरेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिका प्रेस संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत आग्रह गरेका छन्
FACEBOOK COMMENTS