काठमाण्डौं– खाद्य सम्प्रभुता तथा किसान अधिकार सम्बन्धि अन्तरास्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु भएको छ ।
सम्मेलनमा बोल्दै कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले कृषि र जमिनको सम्बन्ध नेपालमा जटिल भएको बताएका छन् ।
मन्त्री खनालले भने ‘नेपालीको जमिन धेरै खन्डिकरन भएको छ । जमिन त्यस्ता व्याक्तिको हातमा छ जसले खेतिभन्दा घरघडेरा ध्यान दिएको छ । बनजंगल फाडेर प्लटिङ गरेर जमिनलाई ध्वस्त पारिएको छ । उर्बर जमिनलाइ एक ठाउँमा ल्याउने र सामुहिक खेती गर्ने तर्फ सरकारको ध्यान गएको छ ।’
उनले कृषि र बनलाइ पनि एकठाउँमा ल्याउने गरि कानुन निर्माण भैरहेको जानकारी दिए ।
नेपालमा उत्पदन घटेको नभई खाने मुख बढेको बताउँदै उनले अहिले नेपालीको कृषिको अवस्थालाई गम्भीरताका साथ लिनु पर्ने बताएका छन् ।
FACEBOOK COMMENTS