काठमाडौं, वैशाख १५ – पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ।
आज देशभर चार हजार ८९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८७९ जनाको पिसिआर र ९ हजार ५५ जनाको एन्टीजेन परीक्षणमा चार हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको छ। कुल संक्रमितमध्ये हाल ३० हजार २ सय ९ जना सक्रिय संक्रमित छन्। हाल ५४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १२ हजार ६९९ पुगेको छ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।देशभर ५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS