काठमाडौं, साउन २५ – कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा कास्कीका ७२ वर्षिया पुरुष र पर्साका २० वर्षिया महिला रहेका छन् । योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
FACEBOOK COMMENTS