काठमाडौं, वैशाख ३० – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ । संक्रमितमध्ये ६२.१२% अर्थात् २ लाख ६७ हजार ४४ जना पुरुष र ३७.८% अर्थात् १ लाख ६३ हजार ३४७ जना महिला छन् ।
संक्रमितमध्ये हालसम्म १.०४% अर्थात् ४ हजार ४६६ जनाको मृत्यु भएको छ भने ७४.५७% अर्थात् ३ लाख २१ हजार ५१८ जनाले संक्रमणलाई जितेर निको भएका छन् । त्यस्तै अहिले नेपालमा २४.४०% अर्थात् १ लाख ५ हजार २०७ जनामा सक्रिय संक्रमण छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको पछिल्लो अपडेटअनुसार संक्रमितमध्ये ९६ हजार ३७९ जना होम आइसोलेशनमा र ८ हजार ८२८ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै १ हजार ३८१ जना आईसीयू र ३८० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ९ हजार ८६० जना संक्रमित थपिएका छन् भने २१४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ हजार ५५ जना संक्रमितले कोरोनालाई जितेर निको भएका छन् ।
FACEBOOK COMMENTS