काठमाडौं ।पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। पछिल्ला दिनमा नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा ४ जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भइरहेको बताए। उनले जोखिम कम नभएकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेका गरे।
पछिल्लो ३४ घण्टामा देशभर २ हजार८९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १८७ जना पिअिसार परीक्षण गर्दा १ हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको छ। यसमा गत वैशाख र जेठ महिनामा मृत्यु भएका तर अद्यावधिक नभएको संखया समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS