काठमाडौं, चैत १४- नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्ति फेला परेका छन् । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
दुबईबाट आएका ३४ वर्षीय उनी चैत ११ गते प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । उनको अवस्था खतरामुक्त रहेको जनाईएको छ । संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
FACEBOOK COMMENTS