काठमाण्डौँ — नेपालमा खाद्यान्न आयात बर्सेनी बढ्दै गएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो समय खाद्यान्न आयात बढ्दै गएको हो ।
केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयातमा २० प्रतिशतले आयात बढेर ३२ अर्ब ५२ करोड २१ लाख १ हजार रुपैयाँ बराबरको आयात भएको हो ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनका लागि विभिन्न कार्यक्रम सार्जजनिक गरे पनि आयातले माग धान्न नसकेपछि खाद्यान्नको आयात बढ्दै गएको देखिन्छ ।
अधिकांश खाद्यान्नको खायात छिमेकी मुलुक भारतबाट हुने गर्दछ ।
आयात बढ्दै गए पनि निर्यात भने न्यून छ ।
पछिल्लो सात महिनामा ३२ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ ।
— कारोबार
FACEBOOK COMMENTS