काठमाडौं, वैशाख २९ । डोल्मा इम्प्याक्ट फण्ड (दोस्रो)ले नेपालमा चार करोड अमेरिकी डलर (चार अर्ब ७० करोड रुपैयाँ) लगानी गर्ने भएको छ ।
फण्ड, नेदरल्याण्डको एफएमओ बैंक, बेलायतको सीसीडी समूह, स्वीडेनको स्वेडफण्ड अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) ले संयुक्तरुपमा उत्तल लगानी गर्ने भएका हुन् ।
एफएमओ बैंकले साना उद्यम विकासमा लगानी गर्दै आइरहेको छ । यसले नेपालको एनएमबी बैंकमा पनि लगानी गरेको छ । सीसीडी समूहले भर्खरै वल्र्डलिंकमा लगानी गरेको छ ।
यसबाहेक पनि नेपालका अन्य क्षेत्रमा यसको लगानी रहेको छ । आईएफसीले निजी क्षेत्रका परियोजनामा लगानी गर्दै आइरहेको छ । यी सबै मिलेर नेपालको नवीकरणीय उर्जा, स्वास्थ्य तथा प्रविधि क्षेत्रमा लगानी गर्ने भएका हुन् ।
नेपालमा लगानी गर्ने फण्ड बन्द हुँदासम्म साढे सात करोड डलर (आठ अर्ब ८२ करोड रुपैयाँ) लगानी संकलन गर्ने लक्ष्य डोल्माले लिएको छ ।
यसअघिका फण्ड (पहिलो) ले ५० मेगावाटको नवीकरणीय उर्जा, आर्टिफिसियल इन्टिेलिजिन्स इकमर्स फर्म र अत्यावश्यक औषधी उत्पादन क्षेत्रमा लगानी गरेको थियो ।
FACEBOOK COMMENTS