काठमाडौं, माघ ७- नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव देखिएको छ। काठमाडौं उपत्यकामा विहान घाम लागेको भएतापनि अहिले बादल तथा कुहिरोले लागेर आकाश खुल्न सकेको छैन् ।
त्यसै गरी आज देशको पश्चिमी भू-भागमा सामान्य बदली रहनुकासाथै अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ। यसैगरी पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ।
यस्तो रहनेछ आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ७ गते (मंगलबार)
दिउँसो :देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भेगका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।
राति : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ।
माघ ८ गते (बुधबार)
दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ।
राति : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ।
माघ ९ गते (बिहीबार)
दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ।
राति : देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
FACEBOOK COMMENTS