काठमाडौं,माघ २८- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।
विभागका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रहि वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
दिउँसो : पहाडी भुभागमा आँशिक बदली रही वाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ ।
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भुभागमा विहानपख हुस्सुरकुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS