काठमाण्डौँ — ‘नेपालमा भारत महोत्सव’ शुरु भएको छ ।
नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले एक महीनासम्म सङ्घीय राजधानी काठमाडौँलगायत नेपालका प्रमुख शहरहरूमा महोत्सव आयोजना हुने छ ।
उक्त महोत्सवको एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरे ।
अहिंसाका अभियन्ता महात्मा गान्धीको १५०औँ जन्मजयन्तीको सन्दर्भसमेत यसै वर्ष परेकाले महोत्सवअन्तर्गत महीनाभर वक्तृत्वकला प्रतियोगिता, संस्कृत सम्मेलन र नृत्य नाटिकालगायत विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।
— कारोबार
FACEBOOK COMMENTS