काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानीको सम्भावना अथाह रहेको बताएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै गएकी राणाले कतारका उद्योगी व्यवसायीसँगको छलफलमा उनले नेपालमा लगानीको वातावरण राम्रो रहेको बताएकी छन् ।
उनले कतार नेपालको ठूलो श्रम गन्तब्य रहेको बताउँदै चार लाख नेपाली कतारमा काम गरिरहेको बतार्इन्।
‘चार लाख नेपालीले ठूलो रेमिटेन्स मुलुकभित्र पठाइरहेका छन्। नेपालमा ठूलो व्यापार तथा लगानीको अवसर छ’ उनले भनिन् ।
राणाले कतारले नेपालको कृषि, जलविद्युत र वैकिङ क्षेत्रमा लगानी गर्न र्इच्छुक रहेको बताउँदै कतारका व्यवसायीलार्इ सहजीकरण गर्न तयार रहेको प्रतिवद्धता जनार्इन्।
