काठमाडौं– नेपालका लागि जर्मन राजदूत रोलाण्ड सेफरले नेपालको विकासका लागि आफ्नो देशको पुरा साथ रहने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सद्वारा राजधानीमा आयोजित ‘नेपाल–जर्मन दुई पक्षीय ब्यापार तथा लगानी’ बिषयक अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
समृद्धिको लागि क्षमता अभिवृद्धी महत्वपूर्ण हुने भन्दै उनले नेपाली व्यापार–व्यवसायको प्रबर्द्धनको लागि नेपाली व्यापारिक समुदायको क्षमता अभिबृद्धीको लागि तालीमहरुमा सहयोग गर्न सकिने धारणा राखे ।
उनले नीजि क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सको भूमिका महत्वपूर्ण हुने भएकोले चेम्बरसँग सहकार्य गर्न आफू तयार रहेको बताए ।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जर्मन लगानी भित्र्याउने सहि समय भएको बताए ।
FACEBOOK COMMENTS