काठमाण्डौँ – चरम ऊर्जा संकट लगायतका कारणले एक दशक अवधिमा नेपालले औषत ७ प्रतिशतका दरले आर्थिक वृद्धिको अवसर गुमाएको एक अध्ययनले देखाएको छ ।
विश्व बैंकले हालै सार्वजनिक गरेको आर्थिक प्रतिवेदनले सन् २००८ देखि सुरु भएको चरम लोडसेडिङले २०१६ सम्म यो अंकको आर्थिक वृद्धिको अवसर गुमाएको उल्लेख गरेको हो ।
लोडसेडिङले गर्दा औद्योगिक क्षेत्रमा ४८ प्रतिशत लगानी गुमाएको बैंकको अध्ययनले देखाएको छ ।
लोडसेडिङ नभएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत माथि हुने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, लगानी बढ्न गइ आर्थिक गतिविधिमा बढवा दिने तथा लोडसेडिङ हटेका कारण औद्योगिक उत्पादन विस्तार हुने अनुमान बैंकले गरेको छ ।
केन्द्रीय तथ्यांक विभागले वार्षिक प्रतिवेदनमार्फत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशतले बढेर ३० खर्ब माथि पुगेको दाबी गरेको छ ।
– कारोबार
FACEBOOK COMMENTS