काठमाडाैं, चैत २७ – नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ।
शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन गर्दै उक्त आग्रह गरेका हुन्। त्यस क्रममा उनले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।
यस्तै दुई पराराष्ट्रमन्त्रीबीच भारत र नेपालमा पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा पनि छलफल भएको थियो। कोरोना महामारी नियन्त्रणका लागि सहकार्य गर्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको समेत बताइएकाे छ।
FACEBOOK COMMENTS