काठमाडौं, वैशाख १७ – नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर वार्षिक १ हजार २०० अमेरिकी डलर नजिक पुगेको छ । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय बढेर १ हजार १९१ डलर पुगेको हो ।
केन्द्रीय तथ्याङ्क विभागले आज शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०७७÷७८ को राष्ट्रिय लेखा तथ्याङ्कका अनुसार कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार बढेपछि प्रक्तिव्यक्ति आयमा पनि वृद्धि भएको हो । जीडीपीको आकार बढेर ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुगेको विभागको भनाइ छ ।
यसअघि जीडीपीको आकार ३९ खर्ब १४ अर्ब ७० करोड रुपैयाँ थियो । यसबीचमा जीडीपीको आकार ३ खर्ब रुपैयाँ बढेको विभागको प्रारम्भिक अनुमान छ । नेपाली मुद्राको आधारमा प्रतिव्यक्ति आय वार्षिक १ लाख ४० हजार ८१९ रुपैयाँ पुगेको छ ।
चालू आर्थिक वर्ष ०७७०७८ मा नेपालका आर्थिक वृद्धि ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS