काठमाण्डाै- चिनीको कारोबार गर्दै आएको साल्ट ट्रेडिङ कम्पनीले नेपाली चिनी उद्योगबाट चिनी खरिदका लागि पटक–पटक गरेको टेण्डरमा उद्योगहरूले लिएको पाइदैन । एकाध उद्योगले टेण्डर फर्म किनेपनि सल्लाह गरेर महंगोमा एकैदरमा हाल्ने गरेका छन् ।
साल्ट ट्रेडिङले जनवरी २८, २०१८ मा २० हजार मेट्रिक टन स्वदेशी उद्योगबाट उत्पादित चिनी खरिदका लागि ३० दिनको म्याद राखेर टेण्डर गरेको थियो । तर, त्यो टेण्डरमा कुनै पनि स्वदेशी चिनी उद्योगले भाग लिएनन् । पुनः ७ मार्च २०१८ पुनः टेण्डर ग¥यो । त्यसमा महाकाली र रिलायन्स चिनी उद्योगले टेण्डर फर्म किने । टेण्डर फर्म किने पनि दुवै चिनी उद्योगले साल्ट ट्रेडिङमा बुझाएनन् ।
नेपाली चिनी उद्योगले टेण्डरमा भागै नलिएपछि वैशाखपछि बजारमा पाकिस्तानी चिनी आउन थाल्यो । उपभोक्ताले ६० देखि ६४ रूपैयाँमा चिनी खरिद गर्न पाए । फेरि मे २७ मा साल्ट ट्रेडिङले १० हजार मेट्रिक टन स्वदेशी चिनी खरिदका लागि अर्को टेण्डर ग¥यो ।
इन्दुशंकर, रिलायन्स र एभरेष्ट चिनी उद्योगलगायत ४ वटाले टेण्डर फर्म किनेर लगे । तर सबैले प्रतिकिलो ६४ रूपैयाँमा दिन सकिने गरी टेण्डर बुझाए । बजारमा थोक मूल्य प्रतिकिलो ५८ रूपैयाँमा पाइने चिनी साल्ट टे«डिङले ६४ रूपैयाँमा खरिद गर्नसक्ने कुरै भएन ।
नेपाली चिनी उद्योगीले साल्ट टे«डिङलाई चिनी बेच्ने कुरामा जहिल्लै सिन्डिकेट कायम गरी आएका छन ।
FACEBOOK COMMENTS