काठमाण्डौँ — सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा कुनै औपचारिक प्रक्रिया सुरु नभएको स्पस्ट पारेको छ।
वैदेशिक रोजगार आवद्ध केही संस्थाहरुले जापान रोजगारीका लागि श्रम अनुमति दिनसमेत थालेको विज्ञापन प्रकाशन गरेपछि वैदेशिक रोजगार विभागले यस्तो जानकारी दिएको हो।
केही म्यानपावर कम्पनीले विभिन्न पत्रपत्रिकामा जापान रोजगारीमा कामदार पठाउन श्रम अनुमति खुलेको विज्ञापनसमेत गरेको पाइएको विभागले जनाएको छ।
नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भई नसकेको विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
अव त्यस्ता गतिविधि गरेको पाइएमा कानुन वमोजिम कारबाही गर्ने चेतावनी विभागले दिएको छ।

— नागरीक
