काठमाडौं, जेठ २८ –नेपाली एक सय, पाँच र एक हजारको नोटमा दृष्टिविहीनले पहिचान गर्न सहज हुने संकेत राखिएका छन् । नेपाली एक सय रुपैयाँ एकवटा, ५०० रुपैयाँमा दुईवटा र १००० मा तीन वटा दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने संकेत राखेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दृष्टिविहीनलाई बैंकिङ सेवा सुविधा लिन सहजीकरण दृष्टिविहीनले छामेर पत्ता लगाउन सहज बनाउन नयाँ नोटमा थप संकेत राखेको बताए ।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको वित्तीय क्षेत्रमा अपांगताको सहज पहुँच नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै डेपुटी गभर्नरले मिश्रले शेयर कारोबार गर्ने, बैंक ट्रान्सफर गर्ने, मोबाइल बैंकिङ सेवा, वालेट सेवा लिएको विषय निकै सकारात्मक रहेको पनि बताए ।
वित्तीय क्षेत्रमा अपांगता भएका व्यक्तिहरुलाई दूरव्यवहार गरेको भन्ने प्रश्नमा उनले नेपालको संविधानले नै सबै नागरिकलाई समान व्यवहारको अपरिकल्पना गरेकाले वित्तीय क्षेत्रमा मात्र नभइ सबै क्षेत्रमा सबैले समान अधिकार पाउन पर्ने बताए ।