काठमाडौं – टाटाले नेपालमा‘अल न्यू टिगोर’ भित्र्याएको छ ।
टाटाले टिगोरबाट प्राप्त प्रतिक्रियाहरुलाई समेट्दै आफ्ना ग्राहकका लागि अझ परिस्कृत रुपमा अल न्यू टिगोरलाई नेपाल भित्र्याएको हो ।
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आइतबार नै यसलाई नेपालमा औपचारिक बिक्री शुभारम्भ गर्दैछ ।
कम्पनीका अनुसार नयाँ टिगोर निकै सुविधा सम्पन्न, आकर्षक, आरामदायी र अझै सानदार भएर आएको छ । सयका थप गरिएका सुविधा र फिचर्सहरुले ग्राहकलाई आकषिर्त गर्ने कम्पनीले दाबि गरेको छ ।
नयाँ टिगोरमा डायमन्ड फ्रन्ट ग्रिल राखिएको छ । यसमा ‘ब्रेक फ्रि– कप लाइक रुफलाइन’को फिचर्स पनि थपिएको छ । एलोय ह्वीलमा डुअल टोन राखिएको छ । नयाँ टिगोरमा पियानो ब्ल्याक सार्क फिन एन्टेना राखिएको छ । यसमा उच्च माउन्टडेड स्टप ल्याम्प पनि जोडिएको छ ।
सुरक्षाका मामिलामा पनि यो कार अब्ब्ल भएर आएको छ । बेस अप्सनदेखि नै डुअल एयरब्यागको सुविधा राखिएको छ । जसमा स्टान्डर्ड फिर लोड गरिएको छ ।
आधुनिक टिगोरमा पहिलो रहेको ५ इन्चको टचस्क्रीन बोर्डलाई अझै ठूलो बनाएर ७ इन्चमा विस्तार गरिएको छ । यसमा हार्मन कम्पनीको इन्फोटेन्मेन्ट सिस्टम छ । जसमा एन्ड्रोइड अटोको सिस्टम पनि छ ।
विभिन्न ४ पेट्रोल भेरियन्टमा उपलब्ध टिगोरमा मेनुअल ट्रान्समिसन छ । यसको मूल्य नेपाली बजारमा २७ देखि ३४ लाखसम्म छ ।
FACEBOOK COMMENTS