काठमाडौं, माघ १२ – नेपाली बजारमा सुपर सोको ब्रान्डका इलेक्ट्रिक बाइक तथा स्कुटर भित्रिएका छन् । डी–लाइफ स्टाइल्स प्रालिले ‘रिभोल्ट’ नाराका साथ पाँच मोडलका इलेक्ट्रिक बाइक तथा स्कुटर सार्वजनिक गरेको हो ।
सुपर सोको सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक आभूषण ज्योति कंशाकारले समयको माग अनुसार वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन भित्र्याएको बताए । कम्पनीले सुपर सोको सीयूक्स, सुपर सोको सीपीएक्स, सुपर सोको टीसी म्याक्स बाइक, सुपर सोको टीसी बाइक र सुपर सोको टीएसएक्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो ।
सुपर सोको सीयूएक्स
२७८८ वाटको पावर र डबल डिस्क सीबीएस भएको यो स्कुटरले ८५ किमीको रेन्ज दिन्छ भने यसको टप स्पिड ७५ किमी प्रतिघण्टा छ ।
सुपर सोको पीसीएक्स
यसमा पनि डबल डिस्क सीबीएस ब्रेक छ र ४ हजार वाटको पावर छ । डबल ब्याट्री भएको सो स्कुटरले २ सय किमीको रेन्ज दिन्छ । यसको टप स्पिड ९० किमी प्रतिघण्टा छ ।
सुपर सोको टीसीम्याक्स बाइक
यसमा डबल डिस्क ब्रेक सहितको ५ हजार वाटको मोटर छ । यसको टप स्पिड ११० किमी प्रतिघण्टा छ ।
सुपर सोको टीसी बाइक
यसमा ३ हजार वाटको पावरफुल मोटर छ भने यसले १६० किमीको रेन्ज दिन्छ । डबल ब्याट्री भएको यो बाइकको टप स्पिड ८० किमी प्रतिघण्टा छ ।
सुपर सोको टीएसएक्स बाइक
यसमा बोसको ३ हजार वाटको मोटर छ भने टप स्पिड ८० किमी प्रतिघण्टा छ । यसमा डबल डिस्क सीबीएक्स, १६ इन्चको ट्युबलेस टायर र सुरक्षाको लागि चम्किलो हेडलाइट छ
FACEBOOK COMMENTS