बीस वर्ष एशियन कम्पनीको अनुभव लिएर आफ्नै व्यवसाय शुरु गरेका हुन् बेदु पाण्डे । रङ सम्बन्धी काम गर्दा उनले धेरै अनुभव हासिल गरे । लामो समय जागिरको अनुभव र केही गरौं भन्ने हुटहुटीले उनलाई पेन्टस् सम्बन्धि आफ्नै उद्योग खोल्ने अवस्थामा पु¥यायो । जसलाई उनको परिवारले पूर्ण सहयोग ग¥यो । दाइभाइहरुकै सहयोगमा २०६३ सालमा इन्डिको पेन्स प्रा.लि. नाममा दर्ता भएको कम्पनीमा ६५ सालबाट उत्पादन बजारमा ल्याएको हो । ६० जनालाई प्रत्यक्ष रोजगार दिएको कम्पनीले अप्रत्यक्ष रुपमा दुईहजार भन्दाबढीलाई अप्रत्यक्ष जोडिएको उनी बताउँछन् । वार्षिक २५ सय मेट्रिक टन पेन्टस् उत्पादन गर्दै आएको छ । तीन सय भन्दा बढी डिस्ट्रव्युटर मार्फत बजारमा रङ पु¥याउउने काम गरेका छन् । रङ बजार, नेपाली उद्योगको समस्या र इन्डिगो पेन्टस्को विषयमा कम्पनीका प्रवन्ध निर्देशक बेदु पाण्डेले बसन्त अर्याललाई सुनाएका छन् ।
सर्घषको कथा
शुरुका दिनमा उनलाई उद्योग खोल्न हौसाउने भन्दा पनि पैसा डुब्ने डर देखाउने थिए । ‘उद्योग भनेको मारवाडी समुदायले चलाउन सक्छ पाहाडेले लगानी ग¥यो भने पैसा डुब्छ’ भन्थे । व्यवसाय सुरु गर्दा सबैभन्दा ठुलो कुरा पूँजीकै अभाव हो । नेपालीको सोच कस्तो छ भने नेपालमा गरेर खान सकिन्छ भनेर विश्वास दिलाउँदैनन् । बजारमा पहाडेहरुको विश्वास नै गर्दैनथे । व्यवसाय शुरु गर्दा कसैले विश्वास गरेका थिएनन् । एक दुई जनालाई जवरजस्ती विक्री गर्दागर्दै गुणस्तरिय पेन्टस् बजारमा दिन थालेपछि बल्ल स्थापित हुन सकेका हौं । अहिले बल्ल पहाडेहरुले पनि उद्योग चलाउन सक्छन् भन्ने विश्वास पैदा भएको छ । उद्योग खोल्नको लागि ठाउँ खोज्न उनको लागि ‘माहाभारत’ नै भयो । उनको चाहाना औद्योगिक क्षेत्रभित्र उद्योग खोल्नु थियो । तर कुनैपनि औद्योगिक क्षेत्रमा उनले जग्गा पाएनन् । पछि तारकेश्वरमा सानो जग्गा लिएर व्यवसाय शुरु गरे । अहिले त्यहाँ वस्ति बढेकोले त्यहाँ पनि गाह्रो हुन लागेको छ । अबको एकवर्ष भित्र उत्पादन क्षमता वृद्धि गर्ने गरि परासमा उद्योग विस्तार हुँदै छ ।
घरको लागि चाहिने सबै रङ उत्पादन हुन्छ
एउटा घरको लागि चाहिने सम्पूर्ण र उत्पादन इन्डिगोले गर्छ । घरको भित्रको लागि चाहिने कलर, बाहिरको लागि चाहिने र फ्लोरको लागि चाहिने पेन्ट पनि उत्पादन हुन्छ । जुन नेपालमा कुनै कम्पनीले पनि उत्पादन गरेको छैन । हरेक ग्रहाकले आफ्नो खुबीअनुसार पेन्टस् खरिद गर्छ । कोही महंगो रङ घरमा लगाउँछन् भने केही केही सस्तो लगाउँछन् । गुणस्तर कस्तो हुने भन्ने प्रायः मूल्यले निर्धारण गर्ने गर्छ । इन्डिगो पेन्टस्ले सबै सेगमेन्ट राम्रो गुणस्तरनै उत्पादन गरिरहेको छ । तर सबैभन्दा बढी चर्चामा रहेको बाहिरको लागि प्रयोग हुन्, जुन हामीले १० वर्षको लागि ग्यारेन्टी दिइरहेका छौं । केहीलाई सस्तो चाहिन्छ भने केहीलाई महंगो चाहिन्छ जस्तो चाहे पनि इन्डिगोले दिन सक्छ ।
लोटस एक्टेरियर पेन्टस्मा १० वर्षको पर्फमेन्स वारेन्टी
वालमेट लोटस इफेक्ट एक्टेरियर पेन्टस् बजारमा ल्याएको छ । १० वर्षको पर्फमेन्स वारेन्टीका साथ ल्याइएको पेन्ट, सेल्फ क्लिन, वाटर रिपेस्मेन्ट, हाइ ग्लोसी, डस्ट प्रुफ र इको फ्रेन्डली जस्ता विशेषता भएको पेन्टस् हो । धेरै घरबाहिर लगाएका रङहरु पानी पर्दा त्यँही टासिन्छ पानीको धर्सा देखिने हुन्छ । तर वालमेट लोटस इफेक्ट एक्टेरियर पेन्टस् कस्तो हो भने कर्कलाको पात जस्तो पानीलाई सरर बगाइदिन्छ । धेरैले भन्थे घर बाहिरको लागि चाहिने साइनिङ पेन्टस् दिन सक्दैनौ तर इन्डिगोले घरबाहिरको लागि टल्कने पेन्टस् दिन सक्छ । यसको अर्को विशेषता भनेको धुलो उडेर आएर घरमा टासिदैन धुलो ठोकिएर झर्छ ।
इन्डिगो पूर्ण स्वस्थकर
पेन्टस् पनि दुईथरीको हुन्छ । एउटा तेल प्रयोग गर्ने हुन्छ भने अर्को पानी प्रयोग गर्ने हुन्छ । पानी प्रयोग गर्ने रङमा खासै गन्ध आउँदैन । तेल प्रयोग गरी लगाउने रङमा हो हानिकारक तत्व हुन्छ । हामिले सरकारले यतिसम्म प्रयोग गर्न पाइने भनेर मापदण्ड तोकेको छ । हामीले त्यो भन्दा पनि कम केमिकल प्रयोगगरी उत्पादन गरेका छौं । हाम्रो उत्पादनले कसैलाई असर गर्दैन स्वस्थकर छ । हामी उपभोक्ताको स्वस्थ्य प्रति धेरै नै सचेत छौं ।
सुन्दरतामात्र होइन सुरक्षा पनि उत्तिकै महत्वपूर्ण
रङ लगाउने कुरा सुन्दरतामात्र होइन सुरक्षा पनि उत्तिकै महत्वपूर्ण कुरा हो । कुनै नयाँ राम्रो सिमेन्ट लगाएर घर बनायो, त्यसमा रङ लगाएन भने त्यसको लाइफ छोटो हुन्छ । पहिला घरलाई सुन्दरता देखाउन रङ लगाउने भन्ने मात्र थियो । अहिले त्यो कन्सेप्ट हट्दै गएको छ । अहिले घरको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण विषय बनेको छ ।
नेपाली ब्राण्डमा विश्वास वढ्दै
बजारमा लोकल पेन्ट र विदेशी पेन्टस् भन्ने चलन रहेको छ । हामी आफ्नै ब्राण्ड भएको कम्पनी हो । पहिला नेपाली कम्पनी बजारमा आउँदा गुणस्तरमा खासै ध्यान दिएनन् । गुणस्तरिय रङ उत्पादन गर्न सकेनन् । त्यसैले नेपाली उपभोक्ता वा ग्रहाकको मन जित्न गाह्रो हुने गरेको थियो । तर हामी आएपछि नेपाली कम्पनी पनि गुणस्तरमा सजग हुन थालेका छन् । किनकी प्रतिस्पर्धाको जमनामा विना गुणस्तर कुनै कम्पनी चल्न सक्दैन भनेर । हाम्रो चाहना भनेको स्तरिय उत्पादन गर्नु रहेको छ । जसले गर्दा अहिले नेपाली ब्राण्ड वा उत्पादन प्रति विश्वास बढ्दै गएको छ ।
पहिला पूर्ण एकाधिकार विदेशी कम्पनीको रहेको नेपालमा अहिले ३० प्रतिशत रङ नेपाली कम्पनीको रहेको छ । पहिला नेपालीले नेपाली कम्पनी भनेपछि विश्वास गर्दैनथे, त्यसैले बजारमा कमजोर उपस्थिती थियो । तर अचेल विश्वास बढेको छ । नेपालमा ४० ओटा नेपाली कम्पनी छन् । त्यसमा इन्डिको पेन्टस्को बजार हिस्सा बढिरहेको छ ।
नीति नियम साना व्यवसायी मैत्री छैनन्
सरकारका नीति नियम साना व्यवसायी अनुकुलका छैनन् । हामीले पेन्टस् उत्पादनको लागि जग्गा चाहियो भन्दै औद्योगिक क्षेत्र धायौ तर जग्गा पाउन सकेनौं । कति उद्योग बन्द भएर ठाउँ ओगटेर बसेका छन् हामीले जग्गा पाएका छैनौ । सरकारले यसमा सहजता ल्याउनुपथ्र्यो । सरकारले ठुला उद्योगलाई बढी सुविधा दिने सानोलाई कम दिने गरेको छ । सरकारको यो नियम नै गलत हो । सानालाई नजोगाई ती कसरी ठूला हुन सक्छन् ? सानो विस्तारै ठूलो हुँदै जाने हो । सरकारको लागि त हामीले पनि कर तिरेका छौं । सानो उद्योगले ५० लाख फाइदा गर्दा २० प्रतिशत कर तिर्छन भने ५० करोड नाफा गर्छ भने पनि २० प्रतिशत नै कर तिर्छन् । व्यक्तिको हकमा हेर्ने हो भने ४ लाख कमाउनेले कम तिर्छ, १० लाख कमाउनेले बढी तिर्छ । जति बढी कमायो त्यति बढ्दै जान्छ । आम्दानी अनुसार ३५ प्रतिशतसम्म करतिर्नु पर्ने व्यवस्था छ तर व्यवसाय गर्नेको लागि त्यो छैन । बजारमा सानो उद्योगलाई कुनै सहुलियत छैन । सरकारले नीति बनाउँदा सानो उद्योगलाई कसरी फैलन सक्छन् भन्ने कुरामा बढी ध्यान दिनु पर्ने हुन्छ ।
कच्चा पदार्थ र दक्ष जनशक्ति विदेशबाटै
नेपालमा पेन्टस् सम्बन्धी उद्योग संञ्चालन गर्दा ९५ प्रतिशत कच्चा पदार्थ बाहिरबाटै ल्याउनु पर्छ । हामीले उत्पादन गर्ने रङको लागि प्रविधी बाहिरबाटै आउँछ । नेपालमा खानी नभएका होइनन् तर उत्खनन र प्रोसेसिङ भएको छैन । प्याकिङ मेटरियल्स नेपालमा पाउँछ तर रङ बनाउने कच्चा पदार्थ कुनै पनि पाउँदैन । नेपाली उद्योगले कच्चा पदार्थ मात्र होइन, दक्ष जनशक्ति पनि बाहिर वा धेरै जसो भारतबाटै ल्याउनु परेको छ । नेपाली कामदारहरु पनि कुनै उद्योगमा टिक्दैनन् । भिषा नलाग्ने बेलासम्म काम गर्छन् । जब बाहिरको भिषा लाग्छ, गइहाल्छन् । हामीले कामदारको समस्या झेल्नु नपरोस भन्नको लागि सकेसम्म श्रीमान् श्रीमतीलाई नै काम लगाउने गरेका छौं । जसले गर्दा लामो समयसम्म छाड्ने अवस्था आउँदैन ।
FACEBOOK COMMENTS