काठमाण्डौँ — नेपालको पहिलो भूउपग्रह (नेपाली स्याट) को सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।
बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियास्थित अमेरिकी अन्तरिक्ष संस्था (नासा) को मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडु बाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।
यसलाई सिग्नोस कार्गो अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा लैजानेछ ।
उपग्रह एक महिनासम्म महिनासम्म आईएसएसमै रहनेछ । स्पेस स्टेसनमा परीक्षणपछि आगामी मे तेस्रो साता पृथ्वीको कक्षमा छाडिने नास्टले जनाएको छ ।
नेपालले आफ्नै भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेसँगै नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा परेको छ ।
नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्रप्रसाद ढकालले नेपालको भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको जानकारी दिए ।
उनका अनुसार उपग्रह शुक्रबार बिहान ३ः३० बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रु मा जोडिनेछ ।
उपग्रह निर्माणमा नेपालका तर्फबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।
२०७४ मा नेपाल सरकार र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) सँग समझदारी भएपछि उपग्रह निर्माण सुरु भएको थियो ।
पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेट रहने नास्टले जनाएको छ ।
नेपाली स्याट १ नानो भूउपग्रह हो । यसको लम्बाइ, चौडाइ र उचाइ १०/१० सेन्टिमिटर छ । यसको पहिलो काम तस्बिरहरू खिचेर पठाउनु हो ।
नेपाली भूउपग्रहलाई संयुक्त राष्ट्रसंघको बाहय अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय (युनुसा) मा दर्ताका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताएको जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS