अनौपचारिकरुपमा २०५८ सालमा शुरु शिखर शु ‘ब्रण्डिङ’ मा गएको २०६४ सालमा हो । शिखर शु नेपालमा यस्तो ब्राण्ड हो जो सबै परिवारका सदस्यको लागि उपयुक्त छ । सिखर शु सेगमेन्टमा नगई सबैले प्रयोग गर्न सक्ने जुत्ता उत्पाद गरिरहेको छ । शिखरले स्कुल जुत्ता देखी , फर्मल , पार्टी सबै जुत्ता हामिले उत्पादन गदै आएको छ । फुटवयेर उद्योगका विषयमा शिखर शु का डाइरेक्टर संगिता कडरिया प्रसाई संगको कुराकानीः
हामी नेपालीहरु नेपाली ब्राण्ड भन्दा विदेशी ब्राण्ड नै राम्रो भन्छौ । यसले स्वदेशी उत्पादनलाई कस्तो असर गरेको छ ?
यो नेगेटिभ सोचाई हो । तर पहिलाको भन्दा अहिले मान्छेले स्वदेशी वस्तु उपभोगमा पनि विश्वास गर्न थालेको छ । जुत्ता खुटामा पर्यो भने थाहा पाउँछ नेपाली ब्राण्ड पनि राम्रो हुन्छ । जसले नेपाली जुत्ता लगाउँदैन त्यसले नेपाली भ्रम सिर्जना गरेको छ । अहिले नेपाली उत्पादनमा गुणस्तर बढ्दै गएको छ । हाम्रो जुत्ता राम्रो नभएको भए ६ महिनाको ग्यारेन्टी त दिने थिएनौ नि ? हामीले सबै विदेशी आयत रोक्न सक्दैनौ मान्छेको छनोट आफ्नो हुन्छ । हामीले अझै पनि धेरै डिजाइनका बनाउन सकेका छैनौ तर आधारभुत रुपमा नेपाली उद्योमी सक्षम भएका छौ ।
नेपाली जुत्ताको डिजाइन र फिनिसिङ राम्रो छैन भन्ने धेरैको भनाई छ नि ?
हामीले राम्रो बनाउने कोशिस गरिरहेका छौ । हाम्रो टेक्नोलोजी सबै आयतित हो । विदेशी टेक्नोलोजी आयत गरेर यहाँको बजारमा धान्न सक्छ कि छैन भन्ने कुरा मुख्य हो । अहिले बजार विस्तार भएको छ । अब डिजाइन र फिनिसिङको समस्या पनि विस्तारै कम हुँदै जान्छ । पहिला भन्दा अहिले जुत्ताको डिजाइन धेरै परिवर्तन भएको छ । अहिले कुनै कुनै त छुट्याउन सकिदैन विदेशी हो कि नेपाली ।
शिखर ब्राण्ड नेपालमा मात्रै सिमित हो की बाहिर पनि निर्यात हुन्छ ?
सानो भोलुममा त जान्छ । तर हामी औपचारिकरुपमा विदेश निर्यात गर्ने गरेका छैनौ । नेपालमा अझै पनि बजार विस्तारको खाँचो छ । हामिलाई अझै बाहिर मार्केट खोजीहाल्नु पर्ने अवस्था छैन । अहिले पनि नेपाली ब्राण्ड बाहिर निर्यात भएका छन् । हामी पनि विदेशी उत्पाद संग प्रतिस्पर्धा गर्न सक्षम छौ ।
नेपालमा फुटवयेर उद्योग सञ्चालन गर्न के छन् समस्या ?
अरु उद्योग जस्तै कानुनी जटिलता त छदै छन् । फुटवयेर उद्योगमा हातको काम धेरै हुने भएकाले श्रमिकको खपत बढी हुन्छ । नेपाली मेनपावर धेरै विदेशिने क्रमले हामिलाई समस्या परेको छ । काम गर्ने युवा विदेशीदाँ हामीलाई दक्ष जनशक्तिको अभाव झेलिरहेका छौ । अर्को ९० प्रतिशत कच्चापदार्थ विदेशबाट आयत गछौ । नियमित उद्योग सञ्चालनको लागि यहाँ कच्चा पदार्थ उपलब्ध हुन आवश्य छ । चीन र भारतबाट आउने जुत्ताले हाम्रो बजार विगारेको छ । विदेशबाट कच्चा पदार्थ आयत गर्न र रेडिमेट जुत्ता आयत गर्दा उस्तै भन्सार लाग्छ । अर्को न्युन विजीकरणले गर्दा नेपाली उद्योगीलाई समस्यामा पारेका छन् । वर्षमा आयतित जुत्ता र राजस्वको तुलना गर्ने हो भने थाहाहुन्छ हामीले कति राजस्व चुहावट भएको छ । यसले गर्दा हामिलाई बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।
दक्ष जनशक्तिको अभाव भन्नु भयो, नेपालमा बेरोजगार युवाको संख्या पनि धेरै नै छ । यसलाई कसरी जोड्ने ?
नेपालीहरुको सोचाइ नै गलत छ । यहाँ ८ घण्टा भन्दा धेरै काम गर्न तयार कोहि हुँदैन । विदेशमा १८ घण्टा काम गर्न तयार हुन्छौ तर नेपालमा गर्दैनौ । विदेशमा एकै कोठामा सामुहिक बसेर पैसा बचाउँछौ तर यहाँ त्यसरी गर्न सक्दैनौ । विदेशमा जस्तो कुरामा पनि कपरमाईज गर्न तयार हुन्छौ । तर नेपालमा आउँदा वित्तिकै लक्जरी बन्छौ । विदेशमा जसरी काम गर्न तयार हुन्छौ त्यस्तै नेपालमा गर्ने हो भने विदेशमा भन्दा धेरै आम्दानी गर्न सक्छौ । यसलाई चिर्नको लागि सरकार र व्यवसायी अग्रसर हुनु जरुरी छ । यहाँको श्रमिक कानुन पनि ठिक छैन । हायर एण्ड फायरको नियम हुनु पर्छ । यहाँत उद्योगमा छिरे पछि स्थाइ भएको अनुभुत गर्छ अनि मन दिएर काम गर्दैन । राम्रो काम गरे पुरस्कृत र नगरे हटाउने व्यवस्था भए । सबैलाई काम प्रति लगाब हुन्छ । यसले उद्योगी र श्रमिक दुबैलाई फाइदा हुन्छ ।
FACEBOOK COMMENTS