काठमाडौं, माघ २७- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र नेपालका लागि गण्तन्त्र कोरियाका राजदुत पार्क योङसिक बीचको शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिकलाई कोरियाको पेन्सन प्रणाालीमा समेट्न कोरिया सरकारसँग आग्रह गरेका छन् ।
मन्त्री यादवले नेपाली कामदारहरुका लागि कोरिया एक आर्षक गन्तव्य मूलुक भएको बताउँदै कोरिया जाने नेपाली कामदारको कोटा वृद्धि भएमा भाषा तथा सीप पास भएकाहरुले प्रतिक्षामा बस्नु पर्ने अवस्थामा कमी आउने अपेक्षा व्यक्त गरेका छन् ।
उनले इपीयस भाषा परीक्षालाई थप व्यवस्थित गर्न नेपाल सरकारले प्रतिवद्ध रहेको जानकारी गराउँदै नेपालका तालिम प्रदायक संस्थाको क्षमता विकासमा कोरिया सरकारसँग सहयोगको अपेक्षा गरेका छन् ।
यस्तै राजदूत योङ्सिकले नेपाली श्रमिकले गरेको कार्यको प्रशंशा गर्दै इपिस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गर्न कम्प्युटरमा आधारित परीक्षा सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माण कार्य छिटो सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । साथै उनले कोरियामा रहेका नेपालीहरुको आत्महत्याबारे चिन्ता व्यक्त गर्दै त्यसको व्यवस्थापनमा कोरिया सरकारले आवश्यक व्यवस्था गर्ने बताएका छन् ।
भेटमा राजदूत योङसिकले कोरियामा नेपाली कामदरको राम्रो पारिश्रमिक सुविधा रहेको बताउँदै नेपाली परिवार सँगको सम्पर्कलाई थप सहज गर्न सकिने बताए ।
FACEBOOK COMMENTS